नेकपा बैठकमा नेताहरुले राखेका विचार सारंशमा

2018-12-23

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा आज अध्यक्षद्वयले सम्बोधन गर्ने कार्यक्रम छ । सरकार र पार्टी एकीकरण टुंग्याउने मुख्य एजेण्डामा शुरु भएको बैठकमा स्थायी कमिटिका सबै सदस्यले बोलिसकेका छन् ।

छलफललाई व्यवस्थित बनाउन बैठकको शुरुमैं अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय उल्लेख छन् ।

अध्यक्षको प्रतिवेदनसँगै अर्का नेता वामदेव गौतमले समेत पूरक प्रस्ताव पेश गरेका थिए । आजको बैठकमा सम्बोधन गर्न बाँकी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको मन्तव्यपछि अध्यक्षहरुले प्रतिवेदनमा प्राप्त सुझाव र टिप्पणी तथा आलोचनाको जवाफ दिनेछन ।

नेकपा स्थायी कमिटि बैठकमा तीनवटा मुख्य विचार व्यक्त भएका छन् ।
(क) पार्टी एकता ऐतिहासिकरुपमा सही कदम थियो र यसलाई अझै सुदृढ गरे जानुपर्छ । गुट, उपगुटको अन्त्य गरेर आन्तरिक जनवादलाई मजबूत बनाउनुपर्छ ।
(ख) पार्टीभित्र विवाद सिर्जना गराउन र बदनाम गराउन बिरोधी सक्रिय छन् । उनीहरुको षडयन्त्रप्रति सचेत बन्दै अघि बढनुपर्छ ।
(ग) सरकारले जन अपेक्षा अनुरुप काम गर्न सकेको छैन । पार्टी निर्माणसँगै सरकारको कामकारवाहीको समेत समीक्षा गरेर जनताले प्रत्यक्ष अनुभूति हुने गरी सरकार सञ्चालन गर्नुपर्छ ।
तर यी तीनवटै विषय त्यति सजिलो र सहज भने छैनन । आन्तरिक जनवादको कुरा समूहगतरुपमा बाँडिएका स्थायी समिति सदस्यहरुले नै उठाएको अवस्थामा आन्तरिक जनवाद र संगठनात्मक कार्यशैली सुधार गर्न भावी विधि र प्रक्रिया के हुने भन्ने विषयमा ठोस छलफल गर्नुपर्ने कतिपयले बताएका छन् ।
यसैगरी सरकारले राम्रा कामको प्रचार गर्न नसक्नु, आलोचनालाई चिर्न नसक्नु र कार्यशैली जनउत्तरदायी नभएको विषयमा समेत के कसरी अघि बढने भन्ने विषयमा स्थायी कमिटिको बैठकले छिनोफानो गर्नु बाँकी छ ।
आजको बैठकमा सम्भवतः अध्यक्षद्वयले यी र यस्तै बहसका विषयमा आफ्ना विचार राख्ने बताइन्छ । यसका साथै केही उल्लेख्य र महत्वपूर्ण अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने विषय समेत आजको बैठकमा प्रस्तुत हुने देखिन्छ ।
पार्टीलाई तलसम्म मजबूत ढंगले एकीकरण गर्ने, त्यसको कार्यविधि, मापदण्ड र समयसीमा तोक्ने, पार्टी र कार्यकर्तालाई उर्जाशील बनाउन संगठनात्मक कार्यक्रमहरु तय गर्ने र सरकारका काम कारवाहीका बारेमा समीक्षा संयन्त्र तथा सुधारको मार्गचित्र अघि सार्ने जस्ता कामहरु गर्नैपर्ने टिप्पणी चलिरहेको छ ।
आज अध्यक्षको सम्बोधनपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ । स्थायी कमिटिको बैठक आज नै सकिन्छ या निरन्तरता हुन्छ भन्ने विषयमा केही सार्वजनिक भएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ