भैरहवालाई हराउंदै इपीएलको उपाधि ललितपुरले उचाल्यो !

2018-12-23

काठमाडौँ - एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रियट्सले उचालेको छ । फाइनल खेलमा भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दैैै ललितपुरले उपाधि उचालेको हो ।

ललितपुरले दिएकाे एक सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले ९ विकेटको क्षतिमा एक सय ४१ रनमा राेकियाे । यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे ललितपुरले १९.१ अाेभरमा अलअाउट हुँदै रन एक सय ५५ रन जोडेको थियाे ।

ललितपुरका लागि बलिङतर्फ ललितराजवंशीले सर्वाधिक ३ विकेट लिए । ४ अाेभर बलिङ गरेका ललितले जम्मा १७ रन खर्चिए । यस्तै याेगन्द्ररसिंह कार्कीले र पवन सफारले समान २ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा भैरहवाका प्रदिपसिंह एेरीले ३४ रन, रवि इन्दर सिंहले २९ रन, अारिफ शेखले १२ रन, कप्तान शरद भेषवाकरले १४ रन, कुशल मल्ले १६ रन, अारिफ शेखले १२ र माेहम्मद नाभिदले १० रन बनाएका थिए ।

यसअघि भैरहवाका लागि जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले । उनले ३ चौका र ३ छक्काको मद्दत ५२ बलमा ५७ रन जोडेका हुन् । यस्तै गौरव टोमारले २३ रन , सन्दिप जोराले २४ रन, ज्ञानेन्द्र मल्लले १० रन र कुशल भुर्तेलले ११ रनकाे योगदान गरे । भैरहवाका कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिए । महोम्मद नाभिद र रायन टेन्डेकाटेले समान २ विकेट लिँदा शरख भेषवाकर र भुवन कार्कीले समान १ विकेट लिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ