एभरेष्ट प्रिमियर लिगको अन्तिम उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

2018-12-22

काठमाडौं - राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बाट सुरु हुनेछ।

ललितपुरले प्रतियोगिताको यात्रा हारबाट सुरु गरेको थियो। पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससँग पराजित भएको थियो। त्यसपछि बाँकी खेलमा भने ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो।

लिगको शीर्ष स्थानमा रहँदै क्लालिफायर्समा प्रवेश गरेको ललितपुरले फाइनल प्रवेश गर्न काठमाडौं किङ्स इलाभेनलाई पराजित गरेको थियो। ललितपुरले जारी इपिइलमा एकनासको प्रदर्शन गरिरहेको छ। ललितपुर गत संस्करण भैरहवासँग दोस्रो क्वालिफायर्समा पराजित भएपछि फाइनल पुग्नबाट बञ्चित भएको थियो।

कप्तान ज्ञानेन्द्रसँग घरेलु प्रतियोगिताको उपाधि पहिलो पटक जित्ने अवसरका रुपमा पनि आजको खेल रहेको छ। यता भैरहवाले इलिमिनेटरमा काठमाडौं किङ्स इलाभेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। साविक उपविजेता भैरहवा शरद भेषवाकरको कप्तानीमा छ।

शरद घरेलु प्रतियोगिताका सर्वाधिक सफल कप्तान हुन्। लिग चरणमा भएको भटमा भने ललितपुरले भैरहवालाई ६ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले २५ लाख पाउनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ