कांग्रेसमा पदाधिकारी बढाउन दुवै पक्ष सहमत, संख्या र चुनिने प्रक्रियामा भने अझै सहमति जुटेन !

2018-12-18

काठमाडौं - विधानमा सहमति खोज्न कांग्रेस शीर्ष नेताहरु सक्रिय रुपमा लागिरहेका छन् । महासमिति बैठकलाई नै प्रभावित पारिरहेको विधान पदाधिकारी संख्याको लफडामा अल्झिएको छ । पदाधिकारी नै बढाउने या नबढाउने भन्ने अवस्थाबाट सुरु भएको विवादलाई नेताहरुले एक हदसम्म सुल्झाएका छन् । पदाधिकारी संख्या बढाउन संस्थापन र पौडेल–सिटौला पक्ष सहमत भएका छन् ।

बन्दसत्र नै स्थगित गरी कांग्रेसका पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अन्तिम कसरतमा छ । तर, पदाधिकारी संख्यामा भने विवाद कायमै छ । ११ वा ८ बनाउने र कसरी निर्वाचन गर्ने भन्नेमा कुरा नमिलेको मस्यौदा समितिका एक सदस्यले बताए ।

सभापति शेरबहादुर देउवाले ८ पदाधिकारी बनाउँदा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री एक–एक निर्वाचित गर्ने अरु बाँकी मनोनित गर्ने मत राखेका छन् । तर, पौडेल पक्षले पदाधिकारीमा सभापति, एक उसभापति, एक महामन्त्री, एक कोषाध्यक्ष र एक सहमहामन्त्रीको निर्वाचन गर्ने तथा उपसभापति, महामन्त्री र सहमहामन्त्री एक–एक जना केन्द्रीय समितिबाट निर्वाचित गर्ने विकल्प ल्याएका छन् । यिनै विकल्पबाट विधानलाई टुंग्याउन अन्तिम छलफल भइरहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ