नेकपाको स्थायी समिति बैठक आज

2018-12-15

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। दिउँसो १ बजे सुरु हुने भनिएको स्थायी समिति बैठकमा प्रदेश समितिका सदस्यको नाम अनुमोदनदेखि सरकारको कार्यशैली समीक्षासम्मको अजेन्डा रहेको कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा एकलौटी गरेको भन्दै माधवकुमार नेपाललगायतले फरक मत राखेका छन्। यस विषयमा पनि बैठकमा छलफल हुनेछ। गत जेठ ३ गते पार्टी एकता भए पनि नेकपाले सचिवालय, स्थायी समिति र केन्द्रीय समिति, प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र प्रदेश सदस्यबाहेक अन्य संरचना निर्माण गर्न सकेको छैन।

सांगठनिक संरचना निर्माण हुन नसक्दा पार्टीका सम्पूर्ण गतिविधि ठप्पप्रायः भएको भन्दै नेतृत्वको आलोचना हुने गरेको छ। प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बस्दै आएको भन्दै आलोचना भएपछि स्थायी समिति बैठक धुम्बाराहीमा बोलाएको श्रेष्ठले बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ