बाबर हायातले प्रहार गरेको छक्काले आयोजकको गाडीको सिसा फुट्यो

2018-12-14

काठमाडौं - विराटनगर वारियर्सका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। चितवनले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि तेस्रो क्रममा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको सिसा फुटेको हो।

पारस खड्का नेतृत्वको विराटनगरले खेल भने जित्न सकेन । चितवन टाइगर्सले विराटनगरलाई ५ रनले पराजित गरेको हो।

चितवनले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १ सय ९६ रन जोड्दा विराटनगर पूरै ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय ९१ रनमै समेटियो ।

चितवन टाइगर्सका लागि जोन सिम्पसनले सर्वाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरिले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कटले २४ र पल स्टर्लिङले १५ रन जोडेका थिए।

पारस खड्का नेतृत्वको विराटनगरका लागि बाबर हायात एक्लैले ८ छक्का र पाँच चौकाको मदतमा ९० रन बनाएपनि हार भने टार्न सकेनन्।

विराटनगरका आशिफ शेखले ३० रन, करन केसीले २४ रन तथा कप्तान पारस खड्काले १९ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।

विराटनगर विरुद्ध चितवनका ललित भण्डारी एक्लैले ४ विकेट हात पारे। यस्तै सागर ढकालले ३ विकेट लिए। खेलमा चितवनका ललित भण्डारी म्यान अफ दि म्याच घोषित भए।

जितसँगै २ अंक जोडेको चितवनले प्ले अफमा पुग्ने संभावना कायम राखेको छ। यस्तै पराजित विराटनगरको ४ अंक छ। विराटनगरको पनि अर्को चरणमा पुग्ने संभावना कायमै छ।

लिगमा शीर्ष स्थानको ललितपुर प्यट्रियट्सको ६ अंक छ भने दोस्रो स्थानको भैरहवा ग्लाडियटर्सपनि ६ अंक छ। त्यसपछि क्रमश विराटनगरको ४, चितवन टाइगर्सको २, काठमाण्डु किंग्सको २ तथा पाखेरा राइनोज अंकविहीन छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ