एन्फाद्वारा मोफसलका खेलतालिका सार्वजनिक (हेर्नुहोस तालिका)

2018-12-14

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले यसअघि उपाध्यक्ष कृष्णबहादुर थापाको संयोजकत्वमा स्तर निर्धारण समिति गठन गरेको थियो।

सो समितिले प्रतियोगितालाई व्यवस्थित गर्ने भन्दै मोफसलका २३ प्रतियोगिताका लागि दुई समूहमा वर्गीकरण गर्ने मापदण्ड तयार पारेको छ। सो समितिले तयार पारेको प्रतिवेदन बुधबार विजय घलेको नेतृत्वमा रहेको प्रतियोगिता समितिलाई बुझाएको छ। प्रतियोगिता समितिले बिहीबार मोफसलमा आयोजना हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको एन्फा प्रवक्ता किरण राईले बताए।

थापा नेतृत्वको स्तर निर्धारण समितिले बुझाएको प्रतिवेदनका आधारमा एन्फाले मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउने भन्दै दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको थियो।

एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रंगशाला वा स्तरीय मैदान तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ।

त्यस्तै प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा ६ ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ, आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेलमैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ।

त्यस्तै ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रंगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र त्यसमध्ये कम्तीमा ४ ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेलगायत मापदण्ड एन्फाले तोकेको छ।

‘उपाध्यक्ष कृष्णबहादुर थापाको नेतृत्वमा रहेको स्तर निर्धारण समितिले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न मापदण्ड तयार पार्दैै विजय घले नेतृत्वमा रहेको प्रतियोगिता समितिमा बुझाएको छ,’ राईले भने, ‘अब छिट्टै बस्ने एन्फा कार्यसमिति बैठकले प्रतियोगिताको वर्गीकरण गर्नेछ।’ ‘यस्ता प्रतियोगिताको नियमित अनुगमन गरिनेछ,’ राईले थपे।

तर एन्फाले खेल व्यवस्थित गर्ने भन्दै तालिका सार्वजनिक गरे पनि एउटा प्रतियोगिता सकिएलगत्तै वा सञ्चालन भैरहँदा अर्कोे प्रतियोगितासमेत सञ्चलान हुने भएपछि खेलाडीहरूले भने यस पटक पनि पर्याप्त आराम नपाउने पक्का छ।

लामो समयसम्म लिग सञ्चालन नहुँदा राष्ट्रिय टोलीका खेलाडी मोफसलमा आयोजना हुने गोल्डकपदेखि टोलकप सम्म खेल्न बाध्य थिए। लिग हुँदा पनि व्यस्त खेलतालिका राखेर एन्फाले खेलाडीको क्षमता बढाउनुभन्दा कर्मकाण्डी फुटबललाई नै निरन्तरता दिएको विज्ञहरूको आरोप छ।

पुस १७ सम्म सञ्चालन हुने सहिद स्मारक ए डिभिजन लिग लगत्तै मोफसलका प्रतियोगिता सञ्चालन हुनेछन्। मोफसलमा यस वर्षको पहिलो प्रतियोगिताका रूपमा पुस २१ गते देखि पुस २७ सम्म पाँचथरको फिदिममा ११औं फाल्गुनन्द गोल्ड कप आयोजना हुनेछ। पुस २१ बाट सुरु हुने मोफसलमा आयोजना हुने प्रतियोगिताको शृंंखलाले वैशाख २१ गतेसम्म चल्ने चौथो मेचीनगर गोल्डकपसम्म निरन्तरता पाउनेछ।


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ