चुलियो ब्यापार घाटा : पौने ५ खर्वको सामान आयात हुँदा निर्यात जम्मा २९ अर्वको !

2018-11-30

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।

नेपालले २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात भएको केन्द्रले जनाएको छ। यस अनुसार देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार साउन, भदौ असोज र कार्तिकमा नेपालले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। योमध्ये निर्यातको हिस्सा ५.७ प्रतिशतमात्रै छ। अर्थात नेपालले २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात भएको केन्द्रले जनाएको छ। यस अनुसार देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

आ.व. २०७४/७५ को पहिलोे चार महिनामा निर्यात भन्दा आयात १३.२ गुणाले बढी रहेकोमा समीक्षा अवधिमा आयात निर्यात अन्तर १६.५ गुणा पुगेको छ।
समीक्षा अवधिमा नेपालको कुल निकासी १०.७ प्रतिशतले कुल पैठारीमा ३८.१ प्रतिशतले वृद्र्धि भएको देखाउँछ। पहिलो चौमासिकको यो तथ्याङकले नेपालको अर्थतन्त्र थप आयातमूखी बन्दै गएको पुष्टि गरेको छ। आ.व. २०७४/७५ को पहिलोे चार महिनामा निर्यात भन्दा आयात १३.२ गुणाले बढी रहेकोमा समीक्षा अवधिमा आयात निर्यात अन्तर १६.५ गुणा पुगेको छ।

आयातित बस्तुमा सबैभन्दा धेरै ६९ अर्ब ७ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। गत वर्ष सोही अवधिमा ४१ अर्व ७ करोड १५ लाख रुपैयाँको इन्धन आयात भएको थियो।यो गत वर्षको तुलनामा ६२ प्रतिशतले वृद्धि हो। दोस्रो धेरै आयात हुने वस्तुमा फलाम तथा फलामजन्य उत्पादन देखिएका छन्। यस्तो वस्तु चार महिनामा ५८ अर्ब २० करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको भित्रिएको छ।

सबैभन्दा धेरै निर्यात भएको कच्च घागो चार महिनामा २ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँ को निकासी भएको छ । यसैगरी ऊनीको गलैँचा २ अर्ब ७६ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । चार महिनामा यो वस्तुको निर्यात १७.९ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा यस्तो सामान २ अर्ब ३४ करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो।

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ