टी–१० क्रिकेट लिग : आक्रामक दुई चर्चित ब्याट्सम्यान सन्दीपको शिकार

2018-11-27

काठमाडौं - युनाइटेड अरब इमिरेट्स (युएई) जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गतको अाफ्नो तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका छन् । वर्षाका कारण खेल भने नतिजाविहीन बन्न पुग्यो ।

आइतबार राति सन्दीप आवद्ध टोली केरला किंग्सले न्युजल्याण्डका ब्रेन्डन म्याक्लुमको कप्तानीमा रहेको राजपुतसँग प्रतिस्पर्धा गरेको थियो ।

२ ओभर बलिङ गर्दा सन्दीपले २३ रन खर्चिएर २ विकेट लिन सफल भए । यस खेलमा सन्दीपले राजपुतका दुई आक्रामक ब्याट्म्यानलाई पेभिलियन फर्काउन सफल भए । पहिलो ओभर मै अफगानिस्तानका मोहमद शाहजादलाई क्याच आउट गराएका सन्दीपले सातौं ओभरमा वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान कार्लाेस ब्रेथवेटलाई पनि क्याच आउट गराए । दुवैजना २ बलमा एक रन बनाएको अवस्थामा पेभिलियन फर्किए । मोहमद शाहजादले यसै प्रतियोगिताको सिन्धीविरुद्धको खेलमा १६ बलमा ७४ रन हानेका थिए ।

सारजाह क्रिकेट एसोसियसन मैदानमा भएको खेलमा केरलाले टस जिति पहिले फिल्डिङ रोजेको थियो । राजपुतले राजपुतले ९ ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे । सन्दीप आबद्ध टोली केरला ३ खेलमा ३ अंक बनाएर समूह ए को तेस्रो स्थानमा रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ