टि–१० मा सन्दिपले बनाए यस्तो सर्वोत्कृष्ट रेकर्ड !

2018-11-26

काठमाडाैं - नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो ।

लौरिई इभान्सले राजपुत्सका लागि ३८ रन बनाएका थिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।

त्यस्तै, आफ्नो दोस्रो तथा अन्तिम ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । पहिलो खेलमा नै म्यान अफ द म्याच घोषित भएका सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए । तर केरला यो खेलमा भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।

सन्दीपकाे नयाँ रेकर्ड

त्यस्तै लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । ध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिदैँ सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् । सन्दीपले जारी तेस्रो खेलमा दुर्इ विकेट लिदैँ ताम्बेसँग बराबरी गरेका हुन् । अौषतका आधारमा भने ताम्बे पहिलो स्थानमा छन् । यद्दपी ताम्बेले २ खेलमात्रै खेलेका छन् ।

केरालाको टोलीमा भने सन्दीप सर्बाधिक विकेट लिने बलर हुन् । सन्दीप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन(वेस्ट इण्डिज) ले २ विकेट मात्रै लिन सकेका छन् ।

केरालाले तीन खेलमा ९ विकेट लिदा सन्दीप एक्लैले ६ विकेट लिएका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ