राजपा अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो

2018-11-21

काठमाडौं - राजपाको संयोजकमा राजेन्द्र महतो चुनिएका छन्। राजपाको अध्यक्षमण्डलको मंगलबार बसेको बैठकमा बहुमतबाट महतो संयोजक चुनिएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महतोलाई संयोजक बनाउने निर्णयमा अध्यक्षमण्डलका सदस्य अनिल झाको मात्र असहमति थियो। यसअघिका संयोजक ठाकुरले भने निर्णयमा हस्ताक्षर गरेका छन्।

डेढ वर्षअघि मधेसी मोर्चामा आबद्ध ६ वटा पार्टी एकीकरण भई राजपा गठन भएको हो। त्यतिखेर सबै पार्टीका अध्यक्ष अध्यक्षमण्डलका सदस्य बन्ने र चक्रीय प्रणालीअनुसार सबैले पार्टीको नेतृत्व गर्ने निर्णय थियो। पछि महतोले ठाकुरलाई स्थायी रूपमै संयोजक बनाउने प्रस्ताव गरेका थिए। त्यसपछि ठाकुर राजपा अध्यक्षमण्डलका संयोजक थिए।

तर निर्वाचनपछि ठाकुरसँग महतोसहित अध्यक्षमण्डल अन्य सदस्य असन्तुष्ट थिए। ठाकुरले सल्लाहबिनै प्रदेश २ को सरकारदेखि पार्टीको केन्द्रीय समितिका विभिन्न पदमा मनोनयन गरेको आरोप छ। दसैंअघि पार्टी सचिवालयका कर्मचारीलाई निकालिदिएको विषयले समेत पार्टीभित्र विवाद बढेको थियो।

बैठकले पार्टीको आर्थिक गतिविधिको समेत हिसाब गर्न अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवलाई जिम्मा दिने निर्णयसमेत गरेको छ। महतो संयोजक बनेपछि आइतबारका बैठक लागि बोलाइएको छ। बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, महाधिवेशन तयारीका काम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरिने जनाइएको छ। ‘हामीले सरकारलाई दिएको समर्थनबारेसमेत छलफल थालेका छौं’, संयोजक महतोले भने, ‘बैठकपछि त्यसको टुंगो लगाउँछौं।’

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ।

राजपाले साउनदेखि दसैंअघिसम्म प्रधानमन्त्री केपी ओलीलाई तीन पटक भेटेर संविधान संशोधनका लागि ध्यानाकर्षण गराइसकेको छ। आफूहरूका माग सम्बोधन नभए राजपा नेताले छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने बताएका थिए।बैठकले मंसिरसम्म पार्टीको सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ