डेढ महिनाभित्र पार्टी एकता टुंग्याउने नेकपाको दावी

2018-11-17

काठमाडौ - दुई पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया पूर्ण रुपमा टुङ्गिन ढिलाई भएको छ ।

नेताहरुले एकता भएको तीन महिना भित्र पार्टीको सम्पूर्ण तहको एकता प्रक्रिया सकिने घोषणा गरेका भएपनि ६ महिना हुन लाग्दा पनि एकताको प्रक्रियाले अन्तिम रुप लिएको छैन । अबको डेढ महिनाभित्रमा भने सबै बर्गीय संगठन तथा तहमा एकता भैसक्ने नेताहरुले दाबी गरेका छन् ।

नेकपाका नेता सुवास नेम्वाङले पुष १५ भित्रमा सबै तहका एकता सम्पन्न भइसक्ने बताए । यसअघि उनले दशैंभित्रै पार्टी एकता हुने बताएका थिए । तर विभिन्न कारण त्यो सम्भव नभएको नेम्वाङको भनाई छ ।

नेकपाले चाँडै संसदीय दलको कार्यालय एउटै बनाउने तयारी समेत गरिरहेको छ । त्यसका लागि काम भईरहेको उनले बताए । संसदीय दलको कार्यालय एउटै भए आम कार्यकर्तामा सकरात्मक सन्देश जाने संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको भनाई छ ।

नेकपाले प्रदेश तहमा तोकेको नेतृत्वको बारेमा असहमति भएपछि बाँकी प्रक्रिया अगाडी बढ्न सकेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ