युरोपीयन संघबाट बाहिरिने ब्रिटेनको निर्णय

2018-11-15

काठमाडौं - ब्रिटेनले युरोपीयन संघबाट बाहिरिने निर्णय गरेको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीयन संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो ।

प्रधानमन्त्री टेरिजा मेले यो अन्तिम निर्णय भएको बताइन् । उनले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गरिन् ।

यसबाट रोजगारी जोगिने र देशको सुरक्षा तथा संवैधानिक एकताका लागि मद्दत पनि पुग्ने बताइन् । यसले ब्रिटेनलाई आफ्नो कानुनमा नियन्त्रण हासिल हुने प्रधानमन्त्री मेको भनाइ छ ।

प्रधानमन्त्री टेरिजा मेले युरोपीय संघबाट बाहिरिने निर्णयको औपचारिक जानकारी बिहीबार संसदलाई गराउने बीबीसीले जनाएको छ ।

यस निर्णयलाई लिएर प्रधानमन्त्री मेको विरोध भइरहेको छ । विपक्षी पार्टीका केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका हुन् । लेबर पार्टीका मन्त्री जेरिमी कार्बिनले भनेका छन्, ‘संसदमा यो रोकिन सक्छ ।’

यसअघि ब्रसेल्समा आयोजित युरोपिय संघमा आवद्ध २७ देशका राजदूतहरुको महत्वपूर्ण बैठक ब्रेक्जिट सम्झौताको प्रस्तावित मस्यौदामा छलफल विनै सकिएको थियो । तर, अब ब्रिटेनको मन्त्रिपरिषदले गरेको निर्णयपछि ब्रेक्जिटमा युरोपीय संघको मध्यस्थकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने बताएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ