नेविसंघमा टिके नेतृत्व अस्वीकार्य : महामन्त्री काफ्ले

2018-11-13

काठमाडौँ - नेविसंघको असन्तुष्ट पक्षले टिकेप्रथाबाट नेतृत्व ल्याए स्वीकार नगर्ने चेतावनी दिएको छ । पार्टी नेतृत्वले समय रहँदै पास गरेर दिएको विधान अल्झाएर समय गुजारेको आरोप लगाउँदै असन्तुष्ट पक्षले यस्तो चेतावनी दिएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले टिकेप्रथा अस्वीकार गरिने बताए । नियमित समयमा महाधिवेशन हुन नसकेपछि माउ पार्टी कांग्रेसले केन्द्रीय कार्यसमितिको अवधि ३ महिना थपेको थियो । थपिएको समय आगामी २ मंसिरमा सकिँदै छ ।

‘पार्टीले बारम्बार महासमिति बैठक सार्न मिल्ने, विधान मिचेर विजयकुमार गच्छदारलाई उपसभापति बनाउन मिल्ने, तर हामीले पास गरेर दिएको विधानअनुसार महाधिवेशन गराउन नमिल्ने ? यो कस्तो हुकुमी शैली हो ?’ काफ्लेले भने, ‘पार्टी नेतृत्व र हाम्रो नेविसंघको नेतृत्वले इच्छाशक्ति नदेखाउँदा महाधिवेशन टरेको हो । त्यसैलाई बहाना बनाएर टिके नेतृत्व ल्याउने प्रयास भए हामीलाई मान्य हुनेछैन ।’

राजनीतिक सहमतिका आधारमा अहिलेकै नेतृत्वलाई २ महिनाको समय दिएर महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो । काफ्लेले विधानबाट उमेरहद हटाउने पार्टीको निर्णयको पनि विरोध गरे ।

प्रधानमन्त्रीको पुत्ला दहन
काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसंघले देशभर प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । २० कात्तिकमा प्रधानमन्त्री केपी ओलीको तस्बिर प्रयोग गरी बनाएको कार्टुन सेयर गरेपछि काभ्रेका कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको थियो ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ