पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीप लामिछाने र सोमपाल कामी

2018-11-12

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । अागामी फेब्रुअरी १७ देखि हुने पाकिस्तान सुपर लिग (पीएसएल) हुँदैछ ।

पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्ट सूचीमा नेपालका सन्दीप र सोमपाल अटाएका हुन् । युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन्। तीव्र गतिका बलर तथा अलराउन्डर सोमपाल सिल्भर समूहमा परेका छन् ।

ईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका सन्दीपको ड्राफ्टमा छनोट हुने सम्भावना बलियो छ । गत संकरणमा सन्दीप ड्राफ्टमा परेपनि कसैले छनोट गरेका थिएनन् ।

ड्राफ्ट नोभेम्बरमा २० मा इस्लामबादमा हुने जनाईएको छ । त्यसैबाट सहभागि टिमले आफ्नो अन्तिम टिमका लागि खेलाडी छनोट गर्नेछन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन् ।

गोल्ड क्याटगरिका खेलाडीले कम्तिमा ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भर क्याटगरिका खेलाडीले न्युनतम २२ हजार अमेरिकी डलर पाउने प्रावधान रहेको छ ।

चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ ।

डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ