अन्योलमा नेविसंघ महाधिवेशन

2018-11-02

काठमाडौं - कात्तिक १६ देखि हुने भनिएको नेपाल विद्यार्थी संघको महाधिवेशन नहुने भएपछि अन्योल बढेको छ। पार्टीले विधान पारित गरेर नदिएका कारण कांग्रेसको भ्रातृसंगठन नेविसंघले घोषणा गरेको मितिमा महाधिवेशन हुन नसकेको हो। यद्यपि यसबारे पार्टी र नेविसंघ दुवैले औपचारिक रूपमा केही बोलेका छैनन्।

भदौ पहिलो साता पार्टीको निर्देशक समितिले तीन महिना म्याद थप्दै महाधिवेशन गर्न निर्देशन दिएको छ। तर विधान र महाधिवेशन कार्यतालिका सँगै सार्वजनिक गरेको संघले पछि त्यसलाई अघि बढाउन सकेन।

पार्टीले विधान पारित नगर्दै ३२ बर्से उमेरहद लागू गरेपछि पार्टीकै शीर्ष नेताबीच विवाद चुलियो। असोज २१ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघको निर्देशक समिति संयोजकसमेत रहेका सहमहामन्त्री डा. प्रकाशशरण महतले उमेरहदको प्रस्ताव लगेका थिए। पार्टीले उमेरहदसम्बन्धी गरेको निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका थिए। यससँगै पार्टीभित्र विवाद पुनः चुलिएको छ, जसकारण पार्टीको केन्द्रीय समिति बैठक पनि अनिश्चित बनेको छ।

पार्टीको बैठक बसेपछि नेविसंघको सम्बन्धमा औपचारिक धारणा आउने सहमहामन्त्री महतले बताए। ‘वरिष्ठ नेता रामचन्द्र पौडेल भर्खर आउनुभयो, अब चाँडै पार्टीको बैठक बस्नेछ। र त्यसपछि पार्टी एउटा निक्र्याेलमा पुग्नेछ’, उनले भने।

नेविसंघ अध्यक्ष नैनसिंह महर पनि पार्टीको आगामी बैठकले ठोस निर्णय गर्ने बताउँछन्। ‘हामीले घोषणा गरेको मितिमा महाधिवेशन हुन सकेन। तर महाधिवेशनको विकल्प महाधिवेशन नै हुन्छ’, उनले भने। पार्टीले चाँडै विधान ल्याए पुनः महाधिवेशनकै बाटोमा नेविसंघ अघि बढने उनको भनाइ छ।

कात्तिक १६ देखि १८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिकाका लागि नेविसंघले असोज ७ देखि मावि तथा क्याम्पसको अधिवेशन सुरु हुने कार्यतालिका थियो। असोज ७ देखि नै हुने भनिएका तल्लो तहका अधिवेशनका लागि केन्द्रीय समितिले तोकेका केन्द्रीय प्रतिनिधि नगएपछि नेविसंघको महाधिवेशन अन्योलमा परेको थियो।

नेविसंघ र पार्टी दुवैको नेतृत्व महाधिवेशन नगर्ने खेलमा लागिरहेको महामन्त्री कुन्दन काफ्ले र उनको समूहको आरोप छ।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ