माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

2018-10-31

दोलखा- आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको ४ महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँड गर्ने भएको छ ।

गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । आवेदकको बाँकी रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उनले बताए ।

आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो ।

पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो । शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ