फुक्दै क्यान निलम्बन !

2018-10-28


काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित समितिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले लगाएको निलम्बन फुकुवा प्रक्रिया सहज बनाउँदै सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको छ। यद्यपि बैठकले आफूहरूले मुद्दा फिर्ता लिएपछि कुन प्रक्रियाबाट र कहिलेसम्म निलम्बन फुकुवा गर्नेबारे आईसीसीकै प्रतिबद्धताको माग गरेको छ।

क्यानको शनिबार काठमाडौंमा बसेको बोर्ड बैठकले यसअघि नै घोषणा गरेअनुसार सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो। त्यसका लागि सबै प्रक्रियाबारे छलफल गर्न र त्यसअनुसार मुद्दा फिर्ता लिने सम्पूर्ण अधिकारसहित पाँच सदस्यीय समितिको गठनसमेत गरेको छ।

अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा रहेको समितिमा उपाध्यक्षहरू दिवाकर घले, शैलेस चौधरी र सञ्जयराज सिंह तथा महासचिव अशोकनाथ प्याकुरेल सदस्य छन्। ‘हामीले यसअघि नै घोषणा गरेअनुसार बोर्ड बैठकबाट मुद्दा फिर्ता लिनेबारे सैद्धान्तिक निर्णय गरेका छौं’, महासचिव प्याकुरेलले भने, ‘यद्यपि विगतमा पनि हामीले आईसीसी र अन्य सरोकारवालाले भनेजस्तै सबै प्रक्रिया पूरा गर्दासमेत निलम्बन फुकुवाको प्रक्रिया अघि नबढेको अवस्था छ। त्यसैले हामीले यसपटक मुद्दा फिर्ता लिनुअघि नै कुन प्रक्रिया र कहिलेसम्म निलम्बन फुकुवा गर्ने भन्नेबारेमा आईसीसीकै प्रतिबद्धता माग गरेका छौं।’

नेपाली क्रिकेट गत २०७३ साल वैशाख १२ यता आईसीसीको निलम्बनमा रहँदै आएको छ। तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको समितिले पूर्वनिर्धारित निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सो समितिलाई अस्वीकृत गर्दै समानान्तर तदर्थ समिति गठन गरेको थियो। सोही कारण आईसीसीले स्वतन्त्र निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको दुई कारण देखाउँदै क्यानमाथि निलम्बनको निर्णय गरेको थियो। क्यानमाथि निलम्बन लगाउने निर्णय गरे पनि आईसीसीले नेपाली राष्ट्रिय टोलीलाई भने आफ्नै व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आइरहेको छ।

त्यसयता नेपाली क्रिकेटलाई निलम्बन मुक्त गराउने प्रक्रियास्वरूप सल्लाहकार समूह गठन गरी त्यसले बनाएको परिमार्जित विधानअनुसार क्यानको जिल्ला निर्वाचनसमेत भइसकेको छ। त्यसयता बाँकी प्रक्रिया अघि बढाउन आईसीसीको तीन तथा राखेप र क्यान निर्वाचित समितिको एक÷एक सदस्य रहने गरी मोनिटरिङ समितिसमेत गठन गरिएको छ। तर, क्यान निर्वाचित समितिले आफूमाथिको निलम्बन फुकुवा गर्ने प्रक्रिया आईसीसीले यसअघि आफूहरूसँग गरेको प्रतिबद्धताअनुसार अघि नबढेको गुनासो गर्दै आइरहेको छ।

‘यसअघि पनि आईसीसीले हामीलाई विधान हुबहु पारित गरे निलम्बन फुकुवा गरिदिने आश्वासन दिएको थियो। हामीले नेपाली क्रिकेटले यो समस्याबाट पार पाओस् भन्ने उद्देश्यले त्यसै गर्‍यौं’, महासचिव प्याकुरेलले भने, ‘तर, हामीले विधानलाई हुबहु पारित गरेको पनि ६ महिना पुगिसकेकको छ तर निलम्बन हटाउने प्रक्रियामा आईसीसीले नै काम गरिरहेको छैन। त्यसैले हामीले मुद्दा फिर्ता लिएपछि निलम्बन फुकुवा हुने प्रक्रिया र समयसीमाबारे आईसीसीको प्रतिबद्धता माग गरेका हौं।’

पछिल्लोपटक आईसीसीले क्यान निर्वाचित समितिले अदालतमा दायर गरेको मुद्दा र राखेपले गठन गरेको तदर्थ समितिबारे चासो राखेपछि क्यानले गत असोज २७ गते नै विज्ञप्तिमार्फत आफूहरूले मुद्दा फिर्ता लिने जनाएको थियो। त्यसका लागि आधिकारिक निर्णय गर्न शनिबारका लागि बोर्ड बैठक बोलाएको हो। बोर्ड बैठकमा समितिका प्रायः सबै पदाधिकारीको उपस्थिति थियो।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ