नेकपाको चियापान आज !

2018-10-27

काठमाडौं - सत्तासीन नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा हुने चियापानमा ५० हजारलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।

‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ’, महासचिव विष्णु पौडेलले भने, ‘नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्न यसपटक पनि हाम्रो पार्टीले चाडपर्वका उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।’

अपरान्ह १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका नामबाट निमन्त्रणा–पत्र पठाइएको महासचिव पौडेलले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ