६ अर्बको आईपीओ आउँदै, कसको कति ?

2018-10-27

काठमाडौं - चालु आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन्। यी कम्पनीले चालु आवमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

बोर्डका अनुसार मध्यभोटेकोसी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १७ गते बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको हो। आवेदनमा बोर्डले अध्ययन गरी टिप्पणी उठाएर कम्पनीमा पठाएको थियो। त्यसपछिका प्रक्रियामा बोर्डले अध्ययन गरिरहेको छ।

सेयर निष्कासनका लागि आवेदन दिएका १० कम्पनीका सम्बन्धमा बोर्डले प्रारम्भिक अध्ययन सुरु गरेको छ। अध्ययन सुरु गरेका सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २२ लाख ८९ कित्ता आईपीओ निष्कासन गर्ने तयारीका साथ बोर्डमा निवेदन दिएको हो।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन्।

सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाँको तीन लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। शुभम् पावर कम्पनीले पाँच करोड ८० लाख मूल्यको पाँच लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ। यसैगरी रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख, माउन्टेन हाइड्रोपावर लिमिटेडले १८ करोड, युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख मूल्य बराबरको साधारण सेयर निष्कासन गर्ने भएका छन्।

बोर्डले कागजात अध्ययन गरेर कम्पनीमा पठाएको मैलुङ खोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख र युनिभर्सल पावर कम्पनीको ९६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ। शिव श्री हाइड्रोपावर कम्पनीले १४ करोड ७६ लाख मूल्यको सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ।

लौघिङ बुद्ध पावर कम्पनीले नौ करोड ७८ लाख, युनिक हाइड्रोपावर लिमिटेडले साढे पाँच करोड, गर्जङ्ग उपत्यका हाइड्रोपावर कम्पनीले दुई करोडको सेयर निष्कासनका लागि बोर्डको स्वीकृति पर्खिरहेका छन्। पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख मूल्य बराबरको १९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।

ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले १८ करोडको १८ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ। कम्पनीको कागजातमा बोर्डले अध्ययन गरी टिप्पणी पठाएको छ। आशा लघुवित्त कम्पनीले ६ करोड मूल्य बराबरको ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जनसेवा लघुवित्त कम्पनीले चार करोड, स्पर्श लघुवित्तले दुई करोड ४० लाख, स्वाभिमान लघुवित्तले एक करोड ८० लाख र चौतारी लघुवित्तले पनि एक करोड ८० लाख मूल्य बराबरको सेयर निष्कासन गर्ने तयारीका साथ बोर्डमा आवेदन दिएको हो। कालिका पावर कम्पनीको १२ करोड र हिमालय ऊर्जा विकास कम्पनीले ८४ करोड १५ लाख मूल्य बराबरको सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाइसकेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ