विश्वकप टि-२० एसिया छनोट : समूह 'बि' मा नेपाल च्याम्पियन

2018-10-13

काठमाडौं - नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो।

सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरको तेस्रो बल गर्ने क्रममा भारी वर्षा भएपछि खेल रोकिएको थियो। नेपालले ३ बलमा पहिलो विकेट गुमाएको थियो। नेपालका लागि ओपनर अनिककुमार शाह ० रनमा पवेलियन फर्किए। शाह सिंगापुरका बलर सोएब रज्जाकको बलमा आउट भए। क्रिजमा विनोद भण्डारी र कप्तान पारस खड्का थिए। वर्षा हुन नरोकिएपछि नेपाललाई रनरेटका आधारमा च्याम्पियन घोषणा गरिएको हो। दुवै टोलीकाे समान ११–११ अंक भएपनि नेपालले रनरेटमा बाजी मारेकाे हाे। नेपाल र सिंगापुरले सबै खेलमा जित निकालेका थिए।

नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यसअघि वायुमस ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाए। उनले ३२ बलमा ३ चौंका प्रहार गरे। उनी १०.२ ओभरमा बसन्त रेग्मीको बलमा आउट भए। त्यस्तै मनप्रित सिंह र सिद्धान्तले समान १०–१० र कप्तान चेतन सुर्यवंशीले ९ रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन।

सिंगापुरलाई सस्तैमा समेटन नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभर बलिङ गर्दै १६ रन खर्चिए। त्यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा ललितनारायण राजवंशी र बसन्त रेग्मीले १–१ विकेट लिए।

प्रतियोगितामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक २४ विकेट लिए। उनले २४ विकेट लिदै राष्ट्रिय कीर्तिमान पनि बनाएका छन्। एउटै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा यसअघि विनोद दास र बसन्त रेग्मी थिए। दुवैले समान २१–२१ विकेट लिएका थिए।

 

नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ