एउटै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएर सन्दीपले बनाए नयाँ कीर्तिमान

2018-10-12

काठमाडौं - युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले एउटै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन् ।

आईसीसी टि-ट्वान्टी विश्वकपअन्तर्गत मलेसियामा जारी एसिया छनोट बी प्रतियोगितामा नेपालले ६ म्याच खेल्दा उनले सर्वाधिक २४ विकेट झार्न सफल भए ।

यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा रहेको थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए । त्यस्तै, बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा सर्वाधिक २१ विकेट लिदै विनोदको कीर्तिमान बराबरी गरेका थिए ।

सन्दीपले २४ विकेट लिने क्रममा पहिलो खेलमा म्यानमारविरुद्ध ४ किवेट लिएका थिए । त्यस्तै, दोस्रो खेलमा मलेसियाविरुद्ध ५ विकेट लिए । तेस्रो खेलमा थाइल्यान्डविरुद्ध पनि उनले ५ विकेटकै सफलता दोहोर्‍याए ।

चौथो खेलमा भुटानविरुद्ध ३ विकेट लिएका सन्दीपले पाचौं खेलमा चीनविरुद्ध पनि ३ विकेट लिन सफल भए । आज जारी रहेको अन्तिम खेलमा सन्दीपले सिंगापुरविरुद्ध ४ विकेट लिएसँगै विकेट संख्या २४ पुर्‍याएका हुन् ।

यो प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा पनि सन्दीप एक नम्बरमा छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ