अल्ट्रा धाविका मीरा राई ‘एसिया गेम चेन्जर अफ द इयर’ बाट सम्मानित

2018-10-11

काठमाडौं - अल्ट्रा धाविका मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छन्  । उनीसहित एसियाका नौं जना व्यक्ति तथा संस्थालाई न्युयोर्कमा बुधबार अवार्ड प्रदान गरियो  ।

मीरासहित पेप्सीकोका सीईओ इन्द्र नोयी, अफगान युवतीको रोबोटिक्स टिम, अस्ट्रेलियाली चिकित्सक मुन्जिद अल मुदरिस, थाइल्यान्डको थाम लुवाङ गुफाबाट किशोर फुटबलरहरूलाई उद्दार गर्ने टिम, चीनका वाङ सी सम्मानित भए । यस्तै युद्धग्रस्त सिरियामा स्वयंसेवा गरिरहेका हाइट हेल्मेट्स र यसका प्रमुख रेड सालेह, ज्यानको बाजी लाएर जापानको न्युक्लियर दुर्घटनाको बेला काम गरेका हिरोज अफ फुकुसिमा, जेरुसेलममा एकता फैलाइरहेका सांगीतिक समूह ‘कुलुलम’ लाई यस वर्षको गेम चेन्जर अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।

पूर्व छापामार मीरा सन् २०१४ यता साहसिक दौडमा लागेकी छन् । त्यसयता उनले थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय साहसिक दौडमा सफलता हात पारेकी छन् । घुँडाको शल्यक्रियापछि पुनः दौडमा फर्किएकी उनले गाउँगाउँका बालबालिकालाई साहिसक दौडमा सहभागिता अभियान नै चलाइरहेकी छन् । उनले गत वर्ष नेसनल जियोग्राफीको ‘एड्भेन्चर अफ द इयर २०१६’ को अवार्ड पनि हात पारेकी थिइन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ