टेलिभिजन पत्रकार भिक्टोरियाको बलात्कारपछि हत्या

2018-10-09

एजेन्सी - बुल्गेरियास्थित खोज पत्रकारिता गर्दै आएकी एक टेलिभिजन पत्रकारको बलात्कारपछि हत्या भएको छ । अधिकारीका अनुसार रुसे सहरको उत्तरी क्षेत्रमा ३० वर्षीया पत्रकार भिक्टोरिया मारिनोभाको मृत शरिर भेटिएको हो ।

खोजीमा संलग्न अधिकारीहरुका अनुसार उनको चस्मा, कारको चापी, मोबाइल फोन र कपडा समेत घटनास्थलमा थिएन । पत्रकार भिक्टोरियाले खोजी गरेको समाचारकै प्रतिशोधको रुपमा घटना भएको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

बुल्गेरियाका प्रधानमन्त्री ब्योको बोरिसोभले घटनाको छानविन गर्ने र दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तो घटना प्रति दुख व्यक्त गर्दै अन्य पत्रकारहरुले समेत दोषीलाई कारवाही गर्न दबाव दिएका छन् ।

पत्रकार भिक्टोरियाले संयुक्त राष्ट्रसंघको आर्थिक सहायतामा राजनीतिक व्यक्तित्व र व्यवसायीको गैरकानुनी सम्बन्धबारे खोजी समाचार पछ्याउँदै आएकी थिइन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ