कहाँ र कसरी छापिन्छन नयाँ नोट ?

2018-10-04

काठमाडौं - हिन्दू नेपालीको मुख्य चाड चसैंको मौका पारेर नेपाल राष्ट्र बैंकले बजारमा नयाँ नोट पठाउँछ । दसैंमा टिका लगाएर नयाँ नोट नै दक्षिणा दिने चलनजस्तै बनिसकेको छ । नयाँ लुगा लगाउने, नयाँ र मिठा परिकार खानेजस्तै नोट पनि नयाँ नै चलाउने परिपाटी दसैंमा बसिसकेको छ । त्यसैले दसैंमा नै राष्ट्र बैंकले बढी नयाँ नोट बजारमा पठाउँछ । नयाँ नोट साँट्न राष्ट्र बैंकले तोकेका बैंकहरुमा लामो भिड लाग्ने गर्छ । यो वर्ष पनि सर्वसाधारणका लागि २१ असोजदेखि नयाँ नोट साँट्न राष्ट्र बैंकले अरु बैंकलाई निर्देशन दिएको छ । तर, दसैंमा बजारमा आउने नयाँ नोट अहिले नै छापिएको भन्ने चाहिँ हुँदैन । पहिले नै छापेर राखिएको पनि हुन सक्छ । दसैंमा नयाँ नोटको कारोबार बढी हुने भएकैले राष्ट्र बैंकले पनि धेरै नोट पठाउँछ ।

पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको अर्बौंको नयाँ नोट छाप्ने गर्छ । गत वर्ष १२ अर्ब ३३ करोडको नयाँ नोट बजार पठाएको राष्ट्र बैंकले यस वर्ष १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट निष्कासनको तयारी गरेको छ । यो सय रुपैयाँ भन्दा तलको खुद्रा नोटका लागि मात्रै हो । पाँच सय र हजारका नयाँ नोट ५५ देखि ६० अर्ब बराबरको जारी गर्ने तयारी छ । यस वर्ष एक जनाले २७ हजारसम्मको नयाँ नोट सटही गर्न पाउने नियम तोकेको छ ।

नयाँ नोट कसरी छापिन्छ ?
पैसा छाप्नु अघि एक वर्षमा चलन चल्तिको निमित्त कति रुपैयाँ बराबरको नोट आवश्यक पर्छ भन्ने तय गर्नुपर्छ । देशको कुल गार्हस्थ उत्पादन, बजेटले व्यवस्था गरेको चालु खर्च र त्यस वर्ष आएको रेमिट्यान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ ।
नयाँ नोट कहाँबाट आउँछ, कसरी छापिन्छ भन्नेबारे धेरै अनभिज्ञ हुन सक्छन् । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अधिकारीहरुकाअनुसार कुनै पनि देशमा के उत्पादन हुन्छ ? रोजगारीको अवस्था कस्तो छ ? उत्पादन भएका वस्तु कति मात्रामा निर्यात हुन्छ ? सेवा र बस्तुको व्यापारबाट कतिको कमाई हुन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार तय हुन्छ । त्यही अर्थतन्त्रको आधारमा मुद्राको मूल्य निर्धारण भएको हुन्छ ।

नोट छाप्नका लागि निश्चित प्रक्रिया तय गरिएको हुन्छ । सरकारले सुन, विदेशी सरकारहरुको सुरक्षा ‘सेक्यूरेटीज’ खरिद गरेको हुन्छ । यस्तो सेक्युरेटीमा लगानी गर्दा त्यसको ब्याज पनि पाइन्छ । चाहिएको बेलामा लगानी तुरुन्त फिर्ता लिन सकिन्छ । यो सरकारको सम्पति हो । यीनै तत्वहरु समेत मिलाएर अर्थतन्त्रमा जति नोट सार्वजनिक गर्नुपर्ने हो त्यस बरावरको सम्पती हामीसँग छ भनेर कागजात तयार गरिएको हुन्छ ।
यस्तो कागजातको नियमन गर्ने सबैभन्दा विश्वसनीय निकाय देशको सरकार हो । बैंकको पनि बैंक मानिने अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि ती कागजातको रखेदेख गरिरहेको हुन्छ ।

कहाँ छापिन्छ नोट ?
विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरु छन् । नेपाली नोट छाप्नको लागि प्रेसको छनौट गर्दा त्यसको के–के योग्यता हेर्ने भन्ने नेपालका लागि राष्ट्र बैंकले तय गर्छ र टेण्डर आह्वान गर्छ । टेण्डर गर्ने कम्पनीहरुको प्राविधिक र आर्थिक पक्ष हेरिन्छ ।

प्राविधिक रुपमा उक्त कम्पनीले कति रकम बराबरको कस्ता नोट कस्ता सुरक्षा चिह्न राखेर छापेको छ हेरिन्छ । सम्बन्धित कम्पनीले पनि त्यसको प्रमाण पेश गर्नुपर्छ । कुन प्रेसले आफूलाई चाहिएको सबै सुविधा सहित कम लागतमा नोट प्रिन्ट गर्न सक्छ भन्ने कुरामा ध्यान दिइन्छ र मापदण्ड पुरा गर्न सक्ने प्रेसलाई नोट छाप्ने जिम्मा दिइन्छ ।

नक्कली नोट बजारमा आउन सक्ने खतरालाई मध्यनजर गर्दै प्रशस्त मात्रामा सुरक्षा चिन्ह (सेक्युरिटी फिचर) राखिएको हुन्छ । गणतन्त्र स्थापनापूर्व नोटको सेतो भागमा श्रीपेच राखिएको हुन्थ्यो, गणतन्त्र स्थापनापछि लालिगुराँस राखिएको हुन्छ । नोटमा रहेको सुरक्षा चिन्हमा मा ‘एनआरबी’ लेखिएको हुन्छ ।

यसका लागि राष्ट्र बैंकले मापदण्ड नै बनाएको छ । यस्ता सेक्युरिटी प्रेसलाई नियमनका लागि राष्ट्रिय अन्तरर्राष्ट्रिय रुपमा पनि विभिन्न नियम कानुन बनेका हुन्छन् । जेनेभामा रहेको इन्टरनेशनल बैंक फर सेटलमेन्ट र अन्तरर्राष्ट्रिय मुद्रा कोषले आफ्ना सदस्य देशले समय समयमा दिएको तथ्याङ्कको आधारमा मुद्राको अनुमति दिने तथा नियमन गर्ने हुन्छ ।

डिजाइन र डिनोमिनेशन
नेपाल राष्ट्र बैंकले छाप्ने नोटको आकार तयार गरेपछि त्यसको ‘डिनोमिनेशन (कुन दरका नोट कति) छाप्ने तयार गरिन्छ । जुन डिनोमेशनको नोट बजारमा बढी चलनचल्तिमा छ त्यही नोट बढी मात्रामा छापिन्छ । मानौ २० दरको नोट बढी चल्तिमा छ भने त्यही नोट बढी मात्रामा छापिन्छ ।

सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै देवनागरिको अ १ बाट छाप्न सुरु भएको नोट अ १०० सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरी आ १ बाट अरु नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ज्ञ सम्म नम्बरिङ गरेर नोट छाप्न सकिन्छ ।

नोटमा कस्ता कस्ता चित्र राख्ने तय गर्नका लागि छाप्नुअघि नेपाल राष्ट्र बैंकका गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकारसँगै धार्मिक तथा सांस्कृतिक समुदाय रहेको नोट डिजाइन समिति हुन्छ । त्यसमा वन्यजन्तु विज्ञले कुन बन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवद्र्धन गर्ने भन्ने सुझाव दिन्छन् ।

सोही सुझावका आधारमा तय गरिएपछि राष्ट्र बैंकको बोर्ड, मन्त्रीपरिषद्बाट स्वीकृतिका लिइन्छ ।

कसको हस्ताक्षर ?
मुद्रामा हस्ताक्षर गर्ने व्यक्तिलाई निकै महत्वका साथ हेरिन्छ । कुनै पनि देशको केन्द्रीय बैंकको गभर्नरले नोटमा हस्ताक्षर गरेका हुन्छन् । गभर्नरको हस्ताक्षर ‘स्क्यान’ गरेर नोटमा राखिन्छ । तर, सबै गभर्नरले सबै दरका नोटमा हस्ताक्षर गर्न पाउँदैनन् भने कोहीले छोटो समयका लागि गभर्नर हुदाँ पनि सबै नोटमा हस्ताक्षर गरेका हुन्छन् ।

कुन नोट छाप्न कति खर्च लाग्छ ?
नेपाली नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीया लगायतका मुलुकहरुमा छापिन्छन् । नोट छपाई खर्चालु हुन्छ । नयाँ नोट नयाँ नम्बरमा निकालिन्छ भने काम नलाग्ने अवस्थामा पुगेका केही पुराना नोट नष्ट गरेर पनि सट्टामा नयाँ नोट निकालिन्छ ।
सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो । राष्ट्र बैंककाअनुसार सन् २०१३ मा भन्दा २०१६ मा एक हजार रुपैयाँको २० करोड थान नोट छाप्दा मात्रै ४० करोड ४० लाख रुपैयाँ सस्तो परेको थियो । २०१३ मा हजारको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्च भएकोमा २०१६ मा १ रुपैयाँ ९० पैसा मात्रै लागेको थियो ।

त्यसैगरी, सन् २०१६ मा राष्ट्र बैंकले पाँच सयका १८ करोड थान नोट छापेको थियो । एउटा नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको राष्ट्रबैंक बताउँछ । जब कि सन् २०१३ मा एउटा पाँच सयको नोट छाप्न ३ रुपैयाँ १३ पैसा खर्च भएको थियो ।

२०१६ मा एक सय रुपैयाँको एउटा नोट छाप्दा पनि २०१३ को भन्दा ४४ पैसा सस्तो परेको थियो । २०१६ मा एउटा एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा खर्च भएको थियो ।

५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा २०१३ मा एउटा नोटबराबर १ रुपैयाँ ४८ पैसा खर्च भएकोमा २०१६ मा १ रुपैयाँ ४८ पैसा मात्रै खर्च भयो ।

राष्ट्रबैंकका अनुसार २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भयो । जबकि २०१३ मा सोही २० रुपैयाँका सोही परिमाणमा नोट छपाउँदा २ रुपैयाँ १ पैसा खर्च भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ