नेकपा भित्रको विवादको चुरो के हो ? प्रचण्डले थाले यस्तो कार्य !

2018-10-03

काठमाडौं - पार्टीभित्र चुलिँदै गएको आन्तरिक मतान्तर सुल्झाउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूसँग छलफल थालेका छन् । पाँच दिन सिंगापुर बसेर स्वदेश फर्केका दाहालले वरिष्ठ नेता माधव नेपालले उठाएका असन्तुष्टिका विषयमा केन्द्रित रहेर छलफल थालेका हुन् ।

सचिवालय सदस्य वामदेव गौतमसँग उनले मंगलबार छलफल गरेका छन् । आफ्नै निवास खुमलटारमा गौतमलाई बोलाई दाहालले झन्डै एक घण्टा छलफल गरेका थिए । वरिष्ठ नेता नेपालले सरकारको कार्यसञ्चालन शैली र पार्टीको प्रदेश पदाधिकारी चयन प्रक्रियामा असहमति जनाउँदै निर्णय नमान्ने बताएपछि नेकपाभित्र शीर्ष नेतादेखि दोस्रो पुस्ताका नेतासम्ममा पनि पक्ष÷विपक्षमा ‘वाक्युद्ध’ चर्किरहेको छ । पार्टीभित्र चुलिँदै गएको यस्तो मतभेद अन्त्यका लागि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली देशबाहिर रहेकै बेला दाहालले आन्तरिक छलफल अघि बढाएका हुन् ।

‘अध्यक्ष दाहालले सिंगापुरवाट फर्केयता नै पार्टीभित्र देखापरेका समस्या समाधानका लागि नेताहरूसँग संवाद थाल्नुभएको छ’, दाहालको निजी सचिवालय स्रोतले अन्नपूर्णसँग भन्यो, ‘नेताहरूबीच संवाद बढाउने र मतान्तर घटाउन पहलकदमी लिने गरी दाहालले राजनीतिक भेटघाट बढाउन खोज्नुभएको हो ।’

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ देशबाहिर रहँदा असोज ५ मा बसेको सचिवालय बैठकले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयनको निर्णय गरेको थियो । त्यस निर्णयपछि नेकपाभित्र नेपाल पक्षले असन्तुष्टि जनाएको मात्र छैन, तत्काल स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउन मागसमेत गरेको छ ।

असोज १२ मा नेता नेपालले स्थायी समिति सदस्यबीच चियापान कार्यक्रम आयोजना गरी आफ्ना असहमति राखेर स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । नेपालले आयोजना गरेको उक्त चियापानमा पुगेका नेता गौतमले दुवै अध्यक्ष बाहिर रहेका बेला देशभित्र नेता नेपाल नै भएको र बोलाएपछि आफू आएको बताएका थिए । नेपालसँगै पार्टी निर्णयमा असन्तुष्टि जनाउने नेतासँग गौतमको हिमचिम राम्रै देखेका अध्यक्ष दाहालले उनीमार्फत नै संवाद प्रक्रिया थालेका हुन् । त्यसो त सिंगापुरबाटै पनि दाहालले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरी समस्या समाधान गरेरै अघि बढ्ने बताएका थिए ।

दाहाल–गौतमबीच भएको छलफलमा प्रधनमन्त्री तथा अर्का अध्यक्ष ओली स्वदेश फर्केलगत्तै नेताहरूबीच छलफल गरी तत्काल स्थायी समिति बैठक बोलाउने, सचिवालयले गरेको प्रदेश पदाधिकारी चयनको निर्णयलाई स्थायी समितिबाट अनुमोदन गराएर लैजाने गरी समाधान खोज्न सकिनेमा छलफल भएको स्रोतको भनाइ छ ।

तर नेपाल पक्षले भने सचिवालयले गरेको निर्णयका आधारमा दुई अध्यक्षले प्रदेश पदाधिकारी चयनसम्बन्धी गरेको विशेष परिपत्र फिर्ता लिई स्थायी समितिमा छलफल गराएर मात्र निर्णय लिनुपर्नेमा जोड दिँदै आएको छ । सचिवालयको निर्णयपछि पनि नेपाल पक्षकै नेताहरू रहेको प्रदेशको बैठक सम्पन्न भइसकेको र आन्तरिक काम अगाडि बढिसकेकाले परिपत्र नै अब फिर्ता हुन नसक्ने तर निर्णय स्थायी समितिबाट अनुमोदन भने गरेर लैजान सकिनेमा नेताहरूबीच छलफल चलेको छ ।

‘विवाद लम्ब्याएर हुँदैन, मिलाएरै जानुपर्छ’, गौतमसँग दाहालले बताएका थिए ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ