अध्यक्षद्वय ओली-प्रचण्डद्वारा जारी विशेष ‘सर्कुलर’मा के छ ?

2018-09-23

काठमाडौँ - नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी केन्द्रीय सचिवालयको १३ औँ बैठक लगत्तै विशेष सर्कुलर जारी गरेका छन् ।

अध्यक्ष प्रचण्डको चीन भ्रमणबाट २ दिनपछि र अर्का अध्यक्ष ओली अमेरिका भ्रमणमा जानुभन्दा २ दिनअघि भएको केन्द्रीय सचिवालयको बैठकपछि सो सर्कुलर जारी गरिएको हो।

५ असोजमा भएको सो १३ औँ बैठकले सातै प्रदेशका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेका थिए ।

सो बैठकले जिम्मेवारी पाएका ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवहरुले प्रदेश कमिटीले पूर्णता नपाउँदासम्म गर्नुपर्ने ७ जिम्मेवारी समेत तोकेका छन् ।

तोकिएका ती जिम्मेवारीहरु निम्न बमोजिम छन्ः

१. प्रदेशका ईञ्चार्ज, सह-ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने

२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने

३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने

४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने

५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने र केन्द्रीय सचिवालयमा बुझाउने ५ नं. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने

६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने

७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने

सर्कुलरमा पार्टी केन्द्रबाट यथासक्य चाँडो प्रदेश कमिटीका सदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुका सम्बन्धमा पूर्वनिर्धारित मापदण्डका साथै थप मापदण्डहरु पठाईने पनि जनाइएको छ।

 

नेपालखबरबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ