यो साताको शेयर : दुई अर्ब ६२ करोड बढीको कारोबार

2018-09-22

काठमाडौँ - धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गतसाता कूल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार ६८० कित्ता शेयर रु दुई अर्ब १० करोड १५ लाख ६५ हजार बराबरको खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा एनएमबी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड ९० लाख ५० हजार बराबरको शेयर कारोबार भयो । यस्तै त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको पाँच लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस्तै देवः विकास बैंकको २४ लाख ७० हजार ९२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ