रातो कार्ड पाएका रोनाल्डोले अब कति खेल गुमाउछन ?

2018-09-21

एजेन्सी - बुधबार पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले रातो कार्ड पाएपछि उनको चर्चा चुलिएको छ । उनले भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका थिए । अहिले रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट खेलि रहेका छन् ।

रातो कार्ड पाएपछि धेरै खेल समर्थकमा रोनाल्डोलाई के होला भन्ने खुलदुली भएको छ । यसैबीच, उनलाई एक खेलमा मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ ।

युरोपेली च्याम्पियन्स लिगअन्तर्गतको सो खेलमा रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै खेलको २९ औं मिनेटमा मैदान बाहिर पठाएका थिए ।

यो रोनाल्डोको फुटबल करियरको ११ औं रातो कार्ड हो। रोनाल्डो बाहिरिएए १० खेलाडीमा सिमित युभेन्ट्र्सले सो खेलमा २-० को जीत हासिल गरेको थियो। समाचार एजेन्सीहरूका अनुसार रोनाल्डोलाई न्यूनतम १ तथा अधिक्तम ३ खेलसम्मको प्रतिबन्ध लाग्नसक्छ ।

रोनाल्डोले कारवाहीका कारण ३ खेल गुमाए म्यानचेस्टर युनाइटेडविरुद्ध अक्टोबर २३ र नोभेम्बर ७ मा हुने खेल गुमाउनेछन् । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा रोनाल्डोले योंग ब्वाइजविरुद्धको खेल्न पाउने छैनन्। युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिइएको रातो कार्डको छानविन थाल्दैछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ