चौध वर्ष पछि यसरी अंकमाल गरे दुई कोरियाली प्रमुख किम र मुनले !

2018-09-18

काठमाडौं - उत्तर कोरिया र दक्षिण कोरियाका दुई शीर्ष नेताबीच मंगलबार भेटवार्ता हुँदैछ । भेटवार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसहितको टोली उत्तर कोरिया गएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले प्योङ्गयाङमा स्वागत गरेका छन् । यस्तै मुनकी श्रीमतीलाई उनकी श्रीमतीले स्वागत गरिन् । दुई कोरियाली नेताबीच यो वर्ष हुन लागेको यो तेस्रो वार्ता हो ।

वार्तामा उत्तर कोरियाको परमाणु निशस्त्रिकरणको विषयले प्राथमिकता पाउने समाचार संस्था रोयटर्सले जनाएको छ । दुवै कोरिया कोरियाली प्रायद्विपमा शान्ती स्थापना गर्नका लागि प्रयासरत छन् ।

मुन सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिएपछि उनले स्वागत गरे । दुवै नेताले मुस्कुराउँदै अंकमाल गरे । उत्तर कोरियाका नेता किमले कुनै पनि पाहुनालाई विमानस्थल नै पुगेर स्वागत गरेको यो पहिलो पटक हो ।

दक्षिण कोरियाका नेता मुनले उत्तर कोरियामा तीन दिन बिताउने छन् । सन् २००७ यता दक्षिण कोरियाका शीर्ष नेताले उत्तर कोरियाको औपचारिक लामो भ्रमण गरेको यो पहिलो पटक हो ।

मुनलाई स्वागत गर्न सर्वसाधारणहरु फूलको बुकी र कोलियाली झण्डासहित विमानस्थल पुगेका थिए।

दुई देशका नेताबिच परमाणु निशस्त्रिकरणसँगै आर्थिक विषयमा पनि छलफल हुनेछ । यस्तै कोरिया युद्ध अन्त्य भएको औपचारिक घोषणा गर्नेबारे पनि छलफल हुने तयारी छ । ६५ वर्षअघि युद्ध रोकिए पनि यसको औपचारिक घोषणा भने अहिलेसम्म भएको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ