दुई साता नबित्दै पेट्रोलियम पदार्थको भाउ फेरी बढ्यो !

2018-09-18

काठमाडौँ - नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजले/मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । यससँगै अब पेट्रोलको बजारभाउ प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ ।

हवाईइन्धन र एलपी ग्यासको मूल्य भने नबढेको निगमका निर्देशक एवं प्रवक्ता ई. वीरेन्द्र गोइतले जानकारी दिए । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

निगमले २० भदौदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणालीअनुसार दुई सातामै पेट्रोलियम पदार्थको भाउ बढाएपछि सर्वसाधारण मारमा परेका छन् ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट १६ सेप्टेम्बरदेखि लागू हुने गरी पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य हेरफेर गरेको उनले बताए ।

तर, निगमलाई अझै घाटा
दुई साताभित्रै दुईपटक पेट्रोलियम पदार्थको भाउ बढाए पनि आयल निगमलाई अझै घाटा रहेको गोइतले बताए । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमै ३१ करोड ३७ लाख रुपैयाँ घाटा हुने देखिएको उनले जानकारी दिए । ‘भाउ बढाए पनि अझै निगमलाई पेट्रोलमा २.९२ रुपैयाँ प्रतिलिटर र डिजेलमा २.७२ रुपैयाँ प्रतिलिटर, ग्यासमा ३ सय ९ रुपैयाँ ७९ पैसा प्रतिसिलिन्डर घाटा हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर उकाले लाग्दा नेपाल पनि प्रभावित हुन पुगेको हो ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ