अनमोल केसीकी आमा सुस्मिताले को संग गरिन इन्गेजमेन्ट ?

2018-09-17

काठमाडाैं - सुपरस्टार अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं स्टार नायक अनमोल केसीकी आमा सुस्मिता बम्जन (केसी) ले अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।

गत सेप्टेम्बरमा ९मा भारतमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । पारिवारिक सहमतिमा नै उनले यो निर्णय लिएको बुझिएको छ ।

यस निर्णयमा भुवन केसी तथा उनका पुत्र अनमोलकोसमेत सहमति रहेको बताइएको छ । सुस्मिताले किलन स्वामीसँग विवाह भने २०७६ सालको भ्यालेन्टाइन डे मा गर्ने तायरी गरेकी छिन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका स्वामी धनाढ्य व्यापारी भएको बुझिएको छ । अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् ।

दुइवर्ष अगाडि उनले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । तर उनको चलचित्रलाई दर्शकले रुचाउन सकेनन् । भुवन र सुस्मिताको डिभोर्स सन् २००१ मा भएको थियो ।

सुस्मिताले भुवनसँग ‘नेपालीबाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्रहरुमा सँगै काम गरेकी थिइन् ।

 

 

 

उज्यालो




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ