साफ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

2018-09-08

एजेन्सी - बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलमा नेपालले आज घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुबै खेलमा शत प्रतिशत नतिजा सहित बंगलादेश प्रतियोगीताको सेमिफाईनल नजिक रहेको छ ।

बराबरीको नतिजाले पनि उसलाई अघिल्लो चरणमा प्रबेश गराउनेछ । हारपछिपनि उसको संभावना कायमै रहन्छ । तर नेपालाई भने अघिल्लो चरणमा प्रबेश पाउन आयोजकबिरुद्धको खेल महत्वपुर्ण रहेको छ । यद्यपी आजै हुने पहिलो खेलमा भुटानले पाकिस्तानलाई हराए नेपाललाई फाईदा पुग्नेछ ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयानुसार साँझ पौने ७ बजे हुने खेलले समुह एबाट अन्तिम चारमा प्रबेश गर्ने दुबै टोलीको टुंगो लगाउनेछ । दिउँसो पौने ४ बजे सोहि मैदानमा हुने खेलमा पाकिस्तानले जित निकाले, सेमिफाईनल प्रबेशका लागि नेपाललाई बंगलादेशबिरुद्ध जित्नै पर्ने दबाब रहन्छ ।

तालिकामा बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा छ, भने समान ३–३ अंक सहित नेपाल र पाकिस्तान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि हिजो भएको खेलमा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ