साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको गोल वर्षा

2018-09-06

ढाका - साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीचको खेलमा नेपाल ४–० ले विजयी भएको छ । नेपालका लागि निराजन खड्का, भरत खवास, सुनील बल र अनन्त तामाङले एक एक गोल गरे ।

खेलको ८७ औं मिनेटमा नेपालका लागि ८७ मिनेटमा चौथो गोल गरेका हुन् ।

उनले खेलको ७८ औं मिनेटमा नेपालका लागि निकै टाढाबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

त्यसअघि नेपालका लागि भरत खवासले तेस्रो र सुनील बलले दोस्रो गोल गरेका थिए ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा खेल शुरु भएको २१ औं मिनेटमानेपालले भुटानविरुद्ध पहिलो गोल गरेको छ । नेपालका अनन्त तामाङले नेपालका लागि पहिलो गोल गरेका हुन् ।

नेपाल आज नियमित कप्तान विराज महर्जनको नभएर गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको छ । किरणको यो नेपाली राष्ट्रिय टीमका लागि पहिलो पटक कप्तानी हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ ले हारेको थियो। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई जित्नै पर्नेछ। साफ च्याम्पियनसिपमा यसअघि नेपालले भुटानसँग २ खेल खेलेको छ। जसमा दुईवटै खेलमा नेपाल विजयी भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ