राजपा प्रमुख सचेतकमा कर्ण

2018-09-05

काठमाडौँ - राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता महन्थ ठाकुरले प्रमुख सचेतकमा लक्ष्मणलाल कर्णलाई नियुक्त गरेका छन् । राजपाले दलको नेता ठाकुरलाई उपनेतासहित प्रमुख सचेतक, सचेतकलगायतलाई नियुक्त गर्ने अधिकार दिएको छ । दलको बैठकले नै यस्तो अधिकार दिएका कारण ठाकुरले स्वविवेकमा उपनेता र सचेतक नियुक्त गर्ने प्रमुख सचेतक कर्णले जानकारी दिए ।

दलको उपनेता र सचेतक भने नियुक्त भएका छैनन् । उपनेता र सचेतकमा पार्टीभित्रको आन्तरिक तालमेल मिलाउनुपर्ने भएकाले ठाकुर मौन देखिएका हुन् । प्रमुख सचेतकमा राजेन्द्र महतो समूहका कर्णलाई चयन भएका छन् ।

अब उपनेता वा सचेतकमा शरतसिंह भण्डारी समूहलाई दिन सक्ने सम्भावना छ । त्यसका लागि भण्डारी स्वयंले उपनेता स्विकारेर जान सक्छन् । त्यसैगरी, सचेतकमा पनि अहिलेसम्म भाग नपाएको समूहबाट बनाउनुपर्नेछ । आन्तरिक सन्तुलनकै लागि ठाकुरले अन्य उपनेता र सचेतक चयन गर्न नसकेका हुन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ