११५ पुग्यो डलर : किन यति विधि बढ्यो भाउ ?

2018-09-05

काठमाडौं - पछिल्ला दिनमा अमेरिकी डलरले नयाँ रेकर्ड तोड्दै गएको छ। सोमबार ११३ रुपैयाँ २९ पैसा बिक्री मूल्य रहेको अमेरिकी डलरको मूल्य एकैदिन ९५ पैसाले बढेर मंगलबार ११४ रुपैयाँ २४ पैसा पुगेको हो। मंगलबार बिक्रीका लागि तोकिएको मूल्य नेपालको इतिहासमै उच्च हो।

दिन प्रतिदिन अमेरिकी डलरको मूल्य बढ्दै जानुको कारण मागअनुसार आपूर्ति हुन नसक्नु रहेको राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले बताए। ‘विदेशी बजारमा भएको मागअनुसार डलरको आपूर्ति हुन नसक्दा डलर महँगिएको हो’, उनले भने। अन्तर्राष्ट्रिय बजारको ट्रेन हेर्दा मूल्य अझ माथि जाने सम्भावना छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन मजबुत बन्दै जाने अनुमान राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले गत साता मंगलबार प्रति अमेरिकी डलर १११ रुपैयाँ ८७ पैसा बिक्री मूल्य तोकेको थियो। एक साताको अन्तरालमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुई रुपैयाँ ३७ पैसाले अबमूल्यन भएको छ।

अमेरिकी अर्थतन्त्र बलियो बन्दै जानु, अमेरिकी डलरमा आम मानिसको विश्वास बढ्दै जानु, अमेरिकाबाट बाहिरिएको लगानी फर्कनु, व्यापारिक क्रान्ति तथा ट्याक्स रिफर्मका कारण बजारमा अमेरिकी डलरको माग बढी छ’, कार्यकारी निर्देशक ढुंगानाले भने।

यसका साथै अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो। भारतीय रिजर्भ बैंक (आरबीआई)ले मंगलबारका लागि सटही दर एक डलर बराबर ७१ रुपैयाँ ३७ पैसा भारु तोकेको छ। स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुँदाको मार नेपाली रुपैयाँमा पर्ने गरेको ढुंगानाले बताए। नेपाली र भारतीय मुद्राबीचको स्थायी विनिमय दरले भारतीय रुपैयाँ डलरसँग कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ