एसिया कप छनौट : फाइनल खेल्न हङकङलाई जित्नै पर्ने दबावमा नेपाल

2018-09-04

काठमाडौँ - मलेसियामा जारी एसिया कप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल आज हङकङसँग खेल्दैछ । फाइनल आस कायमै राख्न हङकङ विरूद्ध नेपाललाई फराकिलो जित आवश्यक पर्ने छ ।

अंक तालिकामा हङकङ चार खेल मध्ये २ मा जित र एक बराबरी सहित चौथो स्थानमा छ भने नेपाल २ मा जित र २ खेलमा हार सहित पाँचौ स्थानमा छ । सिंङापुर विरूद्धको जित पछि नेपालको फाइनल आस कायमै रहेको हो ।

हङकङ विरूद्धको पछिल्ला पाँच खेलमा नेपालाले सुखद नतिजा निकालेको छ । नेपालले चारमा जित र एक खेल बराबारी खेलेको छ ।

सिंगापुर विरूद्धको खेलमा फराकिलो अन्तरले विजयी भएको नेपालको फाइनल आशा कायमै रहेको हो  । राउन्ड रोबिनका आधारमा जारी छनोटका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल जित्ने टिमले एसियाकपमा स्थान बनाउनेछ ।

रोचक बन्दै एसिया कप छनौट

प्रतियोगतिाको फाइनल खेल्न नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने चुनौती छ । ओमान र युएर्ईे बिच हुने अर्को खेलमा ओमानले युएईलाई हराउनुपर्नेछ ।

तर, हङकङले नेपाललाई र युएईले ओमानलाई हराएमा भने ओमान बाहिरिने सम्भावना पनि कायमै छ । हङकङको ५ अंक छ भने युएईको ६ अंक छ  ।

ओमानले युएईलाई हराएमा र नेपालले हङकङलाई पराजित गरेमा युएई र नेपालको समान ६ अंक हुनेछ । यसो हुँदा जुन टिमको राम्रो रनरेट हुन्छ, उसले ओमानसँगै फाइनलमा स्थान बनाउनेछ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ