सिंगापुरमाथि नेपालको चार विकेटको जित, एसिया कप खेल्ने संभावना कति बाँकी ?

2018-09-02

काठमाडौ - एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ५ विकेटको फराकिलो अन्तरले हराएको छ । १ सय ५२ रनको लक्ष्य पाएको नेपालल २८ दशमलव १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको हो । क्वालालम्पुरको यूकेए ओभलमा भएको क्रिकेटमा नेपालाई जिताउन अनिलकुमार शाहले सर्बाधिक ४३ रन बनाए । ३२ बलको सामना गरेका शाहले २ छक्का र ५ चौका हानेका थिए । यस्तै यस्तै दिपेन्द्रसिंह ऐरिले ३३, उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन बनाए । सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाउदा कप्तान पारस खड्का ११ रन मात्र बनाउन सके ।

त्यअघि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रन बनाए । निकै खराब सुरुवात गरेको सिंगापुरले १८ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, सूर्यवंशीले चौथो विकेटका लागि अनिश परमसँग ८० रनको साझेदारी गर्दै पारी सम्हाले । अनिश ३१ रनमा आउट भए । त्यसपछि नेपाली बदरहरु हाबी भए । नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे । यो संगै नेपाल ४ अंकको साथ तेस्रो स्थानमा उक्लिएको छ भने रनरेट प्लस बनेको छ । अब नेपाल हङकङसँग खेल्न बाँकी छ । आगामी खेल जितेपनि एशिया कप खेल्नका लागि नेपाल अरु टिमको भर पर्नुपर्नेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ