शेयर बजारमा सुधार

2018-09-02

काठमाडौँ - साताको पहिलो दिन आज शेयर बजारमा सुखद शुरुवात भएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो ।

स्टककाअनुसार आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ । नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ । आज तीन उपपमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले बढेको छ । एनआइसी एशिया बैङ्क, तिनाउ विकास बैङ्क र भार्गभ विकास बैङ्कका लगानीकर्ताले आज कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ