प्रियंका र आयुष्मानको ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक

2018-09-02

काठमाडाैं - फिल्म ’कथा काठमाण्डौ’ ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रातको कुरा बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई अगाडी बढाएको फिल्मले त्यसपछी दुई गीत सार्वजनिक गरिसकेको छ ।

टेलिभिजनकर्मी , म्युजिक भिडियो निर्देशक , पुस्तक लेखिका लगायतको पहिचान बनाइसकेकी संगीता श्रेष्ठले यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन । फिल्ममा उनले काठमाण्डौको तिन भिन्न भिन्न कथालाई देखाउने कोसिस गरेको बताएकी छिन । काठमाण्डौमा मुस्कान भित्र लुकेको ब्यथा नै फिल्मको मुख्य विषयवस्तु रहेको समेत बताएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता र निर्देशकसँगै कलाकार प्रमोद अग्रहरी , संजोह कोइराला र अभिनेत्री सन्ध्या केसी उपस्थित थिए ।

फिल्मको कथा निर्देशक संगीताले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुज सिंहको छायांकन छ । फिल्ममा प्रमोद अग्रहरी , प्रियंका कार्की ,आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख भूमिका छ ।

अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् भने यसको भिएफएक्स र कलर भरत रेग्मीले गरिरहेका छन् । फिल्म असोज १२ मा रिलिज हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ