श्रीलंका भर्सेस नेपाल : नेपालले पायो २१७ रनको लक्ष्य

2018-08-26

काठमाडौँ - एसिया कप क्रिकेटको छनौटका लागि अभ्यास खेलमा रहेको नेपाललाई श्रीलंकाको कोल्ट्सले २१७ रनको लक्ष्य दिएको छ ।

टस हारेर बलिङ गरेको नेपालले कोल्ट्सलाई ४९।५ ओभरमा २१६ रनमा अल आउट गराएको हो ।

शुरुमा निकै दबाबमा राखेको नेपालले अन्तिममा भने केही लय गुमाउन पुगेको थियो । ४४ रनमा ४ विकेट गुमाएको कोल्ट्सका मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हालेका थिए ।

नेपालका सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले दुई-र्दुइ विकेट लिए भने ललितनारायण राजबंशीले एक विकेट हात पारे ।

२ जना ब्याट्सम्यान रन आउट भए । दुवै जनालाई रोहित पौडेलले रन आउट गराएका हुन् । लगातार दुई अभ्यास खेल जितेको नेपालले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि जित निकाल्दै एशियाकपको छनौट खेल्न मलेसिया जाने तयारीमा छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ