अब घरमै बसी बसी चम्चाको सहायताले यसरी पत्ता लगाउनुहोस आफ्नो बिमार !

2018-08-23

जीवनशैलीमा आएको नाटकीय परिवर्तनसँगै रोगको संक्रमण समेत बढेर गएको छ । शहरी क्षेत्रमा रोग लागे या नलागेको बारेमा रगत र अन्य कुराको परीक्षणबाट पत्ता लगाउन सकिएपनि सबैले त्यसो गर्न सक्ने अवस्था छैन । ग्रामीण क्षेत्रमा त झन परीक्षणको सुविधा नभएका कारण बिमारी छ या छैन थाहा नै नपाई गम्भीर बिमारीको शिकार बन्नुपर्ने अवस्था रहेको छ ।

तर आफ्नो शरीरले गर्ने संकेत र लक्षणका आधारमा हामीले रोगका सामान्य अनुमान गर्ने गरेका हुन्छौं । यहाँ यस्तै एउटा सामान्य विधि दिइएको छ, यसलाई प्रयोग गरेर एक मिनेटमा नै हामीभित्र के कुराको समस्या छ, पत्ता लगाउन सकिने छ ।

यो तरिका पत्ता लगाएको हो टोरोन्टो विश्वविद्यालयले । विश्वविद्यालयका उप प्राद्यापक र ब्रोडकाष्ट मेडिकल जर्नलिष्टले एउटा अनुसन्धानका क्रममा बिमारी पत्ता लगाउने यो सजिलो उपाय पत्ता लगाएका हुन ।

कसरी गर्ने परीक्षण ?

चम्चाको भित्र पसेको भागलाई जिब्रोमा राखेर यसलाई बिस्तारै बिस्तारै ¥याल नआउँदासम्म रगडनुस् । चम्चामा राम्रोसँग मुखको ¥याल लागेपछि यसलाई मुखबाट निकालेर एउटा पोलिथिनमा राख्नुस् ।

अब यो पोलिथिनलाई एउटा चम्किलो प्रकाश अगाडि, टेबल ल्याम्प या बल्बको अगाडि राखेर दुई तीन मिनेट त्यत्तिकै छोड्नुस् ।

बिमारी कसरी चिन्ने त ?

चम्चा सँघ्नुस, यदि पोलिथिनबाट मीठो वास्ना आयो भने तपाईलाई सुगर या चिनी रोगको सम्भावना हुन सक्छ ।

यदि चम्चामा पहेलोपना देखियो भने थाईराईडको समस्या हुन सक्छ ।

यदि चम्चाको रङ्ग बैजनी देखियो भने शरीरमा रक्त सञ्चार ठीक ढंगले नभएको जनाउँछ र कोलेष्ट्रोलको मात्रा बढेको हुनसक्छ ।

यदि चम्चाको रङ्ग सेतो भए तपाईको शरीरमा संक्रमणको बिमारी हुने सम्भावना रहेको हुन्छ ।

यदि चम्चाको रङ्ग सुन्तला जस्तो पहेलो देखियो भने किडनीमा समस्या हुन सक्छ ।




थप समाचार


कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...




ट्रेन्डिङ