नेकपा बाँडफाँड : टुङ्गिएका ६५ जिल्लामा कसको नेतृत्व ? [नामसहित]

2018-08-23

काठमाडाै‌ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् ।

प्रदेश १
पूर्वएमालेः ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।
पूर्वमाओवादीः संखुवासभा र खोटाङ ।

टुंगिन बाँकीः ओखलढुंगा, सोलुखुम्बु र उदयपुर ।

प्रदेश २

पूर्वएमालेः धनुषा, सर्लाही, सप्तरी र पर्सा ।

पूर्वमाओवादीः महोत्तरी, रौतहट र सिरहा ।
टुंगिन बाँकीः बारा ।

प्रदेश ३
पूर्वएमालेः मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेसागत जिल्ला कमिटी ।

पूर्वमाओवादीः चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुली, युवा विद्यार्थी विशेष र मजदुर विशेष जिल्ला कमिटी ।

प्रदेश ४
गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम पूर्वएमालेले अध्यक्षका लागि सिफारिस गरेको छ । त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको छ । पूर्वमाओवादीले पनि छुट्टै नाम सिफारिस गरेको छ ।

नोटः जिल्लाहरूमा नेतृत्वको बाँडफाँड भएको छैन । पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको नाम छुट्टाछुट्टै सिफारिस गरेका छन् ।

प्रदेश ५
पूर्वएमालेः दाङ, प्युठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा ।
पूर्वमाओवादीः बर्दिया, बाँके, रोल्पा, नवलपरासी र रुकुम ।

कर्णाली प्रदेश
पूर्वएमालेः दैलेख, सुर्खेत, जुम्ला र डोल्पा ।
पूर्वमाओवादीः जाजरकोट, सल्यान, रुकुम र हुम्ला ।
टुंगिन बाँकीः कालिकोट र मुगु ।

प्रदेश ७
पूर्वएमालेः कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी ।
पूर्वमाओवादीः कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ