नेकपाका ६५ जिल्लाको नेतृत्व बाँडफाँड, कसले कति पाए ?

2018-08-23

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । ६५ मध्ये पूर्वएमालेले ३९ र पूर्वमाओवादीले २५ जिल्ला अध्यक्ष पाउने गरी कार्यदलहरूले प्रतिवेदन बुझाएका छन् ।

गण्डकी प्रदेशमा भने विनासहमति नेतृत्व सिफारिस भएको छ । ११ वटै जिल्ला अध्यक्ष र सचिवमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट छुट्टाछुट्टै नाम केन्द्रीय सचिवालयमा सिफारिस भएको हो । ३ नम्बर प्रदेशमा १३ भूगोल जिल्ला र ४ विशेष जिल्ला कमिटीको नाम एकीकरण कार्यदलले सर्वसम्मत सिफारिस गरेको छ ।

१७ जिल्लाको नेतृत्व टुंगिन बाँकी
नेकपामा ७७ वटा भूगोल र ४ विशेष जिल्ला कमिटी छन् । तीमध्ये १७ वटा जिल्लाको नेतृत्व बाँडफाँड टुंगिन सकेको छैन । प्रदेश १ मा ३, प्रदेश २ मा १, गण्डकी प्रदेशका ११ र कर्णाली प्रदेशका २ जिल्लाको नेतृत्व कसले पाउने कार्यदलले अझै टुंगो लगाउन सकेको छैन । यद्यपि, कर्णाली प्रदेशको कालिकोट पूर्वमाओवादी र मुगु पूर्वएमालेले लिने गरी अन्तिम समझदारी हुन लागेको कार्यदलका एक सदस्यले बताए ।

एकीकरण कार्यदललाई आज अन्तिम समयसीमा
नेकपाले एकीकरण कार्यदललाई आजसम्म प्रतिवेदन बुझाइसक्न अन्तिम समयसीमा तोकेको छ । कार्यदल तहमा टुंगो नलागेका जिल्ला र प्रदेशहरूको हकमा जस्ताको तस्तै प्रतिवेदन बुझाउनुपर्ने निर्णय भइसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार प्रदेश र जनसंगठन एकीकरणका लागि बनेका सबै कार्यदलले बेलुकीसम्म महासचिव विष्णु पौडेललाई प्रतिवेदन बुझाइसक्नेछन् ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ