केरलामा बाढी : कम्तीमा ३ सय २४ जनाको ज्यान गयो, २ लाख मानिस घर छोडी शिविरमा

2018-08-18

एजेन्सी - शताब्दीकै खराब भनिएको बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा अहिलेसम्म कम्तीमा ३ सय २४ जनाको ज्यान गइसकेको अधिकारीहरूले बताएका छन् ।

भारतमा वर्खा जुन महिनामा सुरु हुन्छ तर मृत्यु हुनेको संख्या केरलामा पछिल्लो २४ घण्टामा निकै बढेको छ ।

उद्धारकर्ताहरूले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् । उक्त राज्यमा अहिलेसम्म २ लाख मानिसहरू आफ्नो घर छोडेर शिविरहरूमा बसिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उक्त राज्यमा देखिएको विपद्को अवस्था हेर्न आफैँ त्यहाँ पुगेका छन् ।

केरला सरकारले धेरैजसोको पहिरोले निम्त्याएको भग्नावशेषमा पुरिएर ज्यान गएको जनाएको छ ।

धेरै वर्षाको अनुमान गरिएको कारण केरलाको मुख्य विमानस्थल अगष्ट २६ तारिखसम्म बन्द हुने ठानिएको छ ।

बाढी आएको क्षेत्रमा उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन् ।

हेलिकोप्टरमार्फत् खासगरी बालबालिका र बृद्धबृद्धालाई उद्धार गरेर सुरक्षित स्थलतर्फ लगिँदै गरेको दृश्य उक्त क्षेत्रबाट प्रेषित गरिएका तस्वीर र भिडियो सामाग्रीमा देखिन्छ ।

एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन ३ सय भन्दा बढी डुंगाहरू पनि त्यहाँ प्रयोग गरिएका छन् ।

सरकारले मानिसहरूलाई बाढी प्रभावित क्षेत्रबाट अन्यत्र लैजाँदा दिइएका निर्देशनहरूको बेवास्ता नगर्न आह्वान गरेको छ ।

उद्धार गरेर अन्यत्र सारिएका दशौं हजार मानिसहरूलाई सरकारले खानेकुराहरू बाँडिरहेको छ

भारतभर बर्खा सुरु भएयतामात्रै अहिलेसम्म ९ सय ३० जनाको ज्यान गइसकेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ