नेपाली क्रिकेट संघ माथिको निलम्बन फुकुवा गर्ने विषयमा बैठक शुरु

2018-08-13

काठमाडौं - नेपाली क्रिकेटमा लामो समयदेखि देखिएका विवाद अन्त्यका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले गठन गरेको अनुगमन समितिको बैठक बस्दैछ ।

सोमबार राजधानीको एक होटलमा दिउँसो साढे २ बजे बस्ने तय भएको बैठकमा निर्वाचन भएका जिल्लाहरुको वैधानिकता छानविन तथा नेपाली क्रिकेटको पछिल्लो प्रगतिबारे छलफल हुने समितिका एक सदस्यले बताए ।

नेपाली क्रिकेटको विवाद समाधानका लागि आइसीसीले आफ्ना तीन प्रतिनिधि तथा निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद्बाट एकएक जना रहने गरी पाँच सदस्सीय समिति गठन गरेको थियो ।

समितिमा आइसीसी प्रतिनिधिको रुपमा महम्मद अली, अमर शेख र नितिश कोठारी रहेका छन् । क्यानका तर्फबाट ठाकुर प्रताप थापा र राखेप प्रतिनिधि एलबी क्षेत्री समितिमा सदस्य छन् ।

दुईसम्म चल्ने बैठकमा नेपाली क्रिकेटमा देखिएका समस्या समाधनका विषयमा केन्द्रित रहने बताइएको छ । आइसीसीको निर्देशन अनुसारनै नेपाल क्रिकेट संघले गत वैसाख ६ गते साधारणसभामार्फत विधान पारित गरेपछि नेपाल क्रिकेट संघ माथिको निलम्बन फुकुवा हुने बाटो खुलेको थियो ।

तर केहि विषय विवादमै रहेकाले त्यसको पनि समाधान खोज्न आइसीसीले गत जेठमा मनिटरिङ कमिटी गठन गरेको हो । जिल्लागत संघले पठाएको प्रतिवेदन र प्रगति विवरणको अध्ययनपछि समितिले आइसीसीलाई रिर्पोटिङ गर्नेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ