पूर्व सभामुख सोमनाथको निधन

2018-08-13

कोलकाता - भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उनी ८९ वर्षका थिए ।

श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । चिकित्सकका अनुसार उनीमा मुटुको समस्या थियो ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला रोगबाट थलिनु भएको थियो । उनलाई शनिबार भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत जुलाईमा समेत उहाँलाई हृदयघात भएको थियो ।

सन् १९२९ जुलाई २५ तारिखमा जन्मिनुभएका चटर्जी १० पटकसम्म भारतीय लोकसभाका सदस्य थिए । भारतमा सबैभन्दा बढी लोकसभामा प्रतिनिधित्व गर्नेमध्येका उनी एक थिए । उनी सन् २००४ देखि २००९ सम्म भारतीय लोकसभाका सभामुख थिए । रासस/ एएनआई




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ