नेकपाको सदस्यता शुल्कबाट मात्रै मासिक साढे तीन करोड उठ्ने !

2018-08-05

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मासिक आम्दानी करोडौं हुने भएको छ । नेकपाको पार्टी सदस्यता शुल्कबाट मात्रै मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् । यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ