बार्सिलोना छाड्ने मेस्सिको संकेत, कहाँ जाँदै छन् ?

2018-08-04

एजेन्सी - बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी इटालियन सिरी ‘ए’ फुटबल क्लब रोमामा अनुबन्ध हुने संकेत देखिएको छ । रोमाका अध्यक्ष जेम्स पाल्लोतले मेसीलाई अनुबन्धबारे बार्सिलोनासँग सल्लाह भइसकेको कुराकानी सार्वजनिक भएपछि मेसी रोमामा जाने संकेत देखिएको हो ।

मेसीलाई रोमामा अनुबन्ध गर्ने सम्बन्धमा स्पेनिस क्लब बार्सिलोनासँग कुराकानी भइसकेको रोमा अध्यक्ष पाल्लोताले नै खुलासा गरेका हुन् । युभेन्टसले रियल मड्रिडबाट रोनाल्डोलाई ल्याएपछि रोमाले उनको बलियो प्रतिस्पर्धीको खोजी गरेको छ । यसक्रममा बार्सिलोनासँग मेस्सीका बारेमा कुरा भएको रोमाका अध्यक्ष पाल्लोतले बताएका हुन् ।

युभेन्टस लगातार सात सिजनदेखि सिरी ‘ए’ को विजेता रहँदै आएको छ । रोनाल्डो आएपछि सिरी ‘ए’ मा उसको पकड झन बलियो बन्ने पक्का छ । रोमा गएको सिजन तेस्रो स्थानमा रहेको थियो । नापोलीले युभेन्टसलाई कडा चुनौती दिएको थियो ।

रोमाले आफूलाई बलियो बनाउनका लागि रोनाल्डोलाई टक्कर दिन सक्ने खेलाडीको खोजी गरिरहेको छ । त्यसको विकल्पको रुपमा मेस्सी सबै भन्दा पहिलो नम्बरमा छन् । तर मेस्सी बार्सिलोनामै खुशी रहेको खबर छ ।

रोमा अध्यक्ष पाल्लोतले बार्सिलोनासँग मेस्सीका बारेमा कुरा गरेको खुलासासँगै रोनाल्डोका लागि इटालीको बसाई सहज भने नहुने पनि बताए । उनले भने, ‘रोनाल्डो राम्रा खेलाडी हुन्, तर इटालीमा उनलाई झन कठिन हुनेछ ।’ पाल्लोतले आइएल मेसाग्गेरोसँग भनेका छन्, ‘हामीले शीर्ष खेलाडी गर्ने छौँ ? यो प्रश्न होइन, हामीले मेस्सीका बारेमा बार्सिलोनासँग कुरा गरिसकेका छौँ ।’ 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ