अफगानिस्तानको मस्जिदमाथि आत्मघाती आक्रमण, कम्तिमा २० जनाको मृत्यु

2018-08-03

काबुल - अफगानिस्तानको एउटा अल्पसंख्यक सिया मुसलमानहरूको मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि २० जनाको ज्यान गएको छ भने ६० जना भन्दा बढी घाइते भएका छन्।

उक्त मस्जिद पक्तिया प्रान्त अन्तर्गत गार्देज सहरमा रहेको छ। स्थानीय प्रहरीका अनुसार शुक्रबार दिउँसोको प्रार्थनालगत्तै उक्त आक्रमण भएको हो। पक्तिया प्रान्तका प्रहरी प्रमुख जनरल रज मोहम्मद मन्जोडोजाईले एएफपीलाई दिएको जानकारी अनुसार’ “एकैपटक धेरै आक्रमणकारीहरू मस्जिदभित्र प्रवेश गरे र एकै पल्ट थुप्रै विस्फोट गरे।” विस्फोटमा सबै आक्रमणकारिहरू समेत मारिएको पुष्टि भएको छ।

हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन। बिबिसीका अनुसार चरमपन्थी संगठन इस्लामिक स्टेटले यसअघि पनि यस क्षेत्रमा अल्पसंख्यक सिया मुसलमानहरूमाथि आक्रमण गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ